असल मनले समर्पित भएर सत्कर्म गरौँ, हाम्रो भविष्यको घाम त्यहीँ बाट झुल्किन्छ– राजनराज शिवाकोटी

  • रसिक किरात ‘सम्यक’

    March 31, 20 10:00 am

  • Comments

१ सबैलाई कोरोनाको तनाव छ भन्छन्, तपाईँलाई कस्तो छ?
कोरोनाको सन्दर्भलाई म दुई कोणले हेर्छु, पहिलो हो, प्राकृतिक कोण । यसरी हेर्दा जे भइरहेको छ ठिकै भइरहेको छ । म त आनन्द मानेर बसिरहेको छु । मानिसमा बढ्दै गएको अहम्, स्वार्थ, लोभ, तछाड मछाडको जुन दौडधुप छ, जुन अप्राकृतिक जीवनशैली छ, त्यो नियन्त्रण भइरहेको छ । मानिसको अस्वाभाविक क्रियाकलापले प्रकृति बिरामी परेकोले रिफ्रेश हुनको लागि प्रकृति स्वयमले यो गरेको हो ।

Advertisement

दोस्रो, सांस्कृतिक हिसाबले हेर्दा यो अवस्थाले नेपाली संस्कृतिलाई पुनः ब्युँताएको छ । पारिवारिक जमघट, पारिवारिक अन्तरक्रिया बढेको छ । सँगै बस्ने, सँगै खाने पारिवारिक शैली पुनः स्थापित भएको छ । हामी आफ्नो मौलिक शैलीमा एकाकार भएका छौँ । सबैलाई थाहा भइसक्यो कि हाम्रो नेपाली नमस्कारको संस्कार पनि विश्वभर फैलिएको छ ।

२ सेल्फ क्वारेन्टाइनले त तपाईँलाई गीत सङ्गीतमा थप सिर्जनाको लागि केन्द्रित हुने अवसर मिल्यो भन्नु भएको छ नि?
हो, यो दशकमा एक खाले गीत निकै चल्यो । यसलाई कमजोरी भनौँ कि सबलता भनौँ, गीत सङ्गीतको क्षेत्रमा जुन खाले गीत चल्छ, त्यसको उत्पात वर्षा हुन्छ, अधिक उत्पादन हुन्छ । त्यसपछि त्यो प्याटर्नको गीतले दर्शक श्रोता अघाउँदै जान्छन् र क्रमशः त्यो किसिमको गीत चल्न कम हुन थाल्छ । अहिले ठ्याक्कै त्यो बिन्दुमा हामी आइपुगेका छौँ र अब अडियन्सलाई नयाँ स्वादको गीत सङ्गीत जरुरी भइसकेको छ । केही समय देखि म यसको बारेमा चिन्तन गर्न थालेको छु र अहिलेको यो सेल्फ क्वारेन्टाइनले यो चिन्तनलाई थप मजबुत बनाएको छ ।

३ लोकमा पप फ्युजन गराएकोले तपाईँको गीत यति हिट भएको भनिन्छ नि, हो?
यसमा म आफैँ कन्फ्युजनमा छु । कसैले मेरो गीत लोक जस्तो, कसैले आधुनिक जस्तो र कसैले चाहिँ पप जस्तो सुनिन्छ भन्नुहुन्छ । मैले आविष्कार गरेको शैली पक्कै नयाँ चाहिँ हो, तर, त्यो के हो, आफैँले भन्न सकिरहेको छैन । म यो नवीन शैलीको न्वारान गरेर भविष्यमा भन्ने छु कि यो शैलीको नाम यो हो ।

४ मानिसलाई त्यो गीत सङ्गीतको उचाइमा पुग्नै गा¥हो छ, पुगी हाले पनि टिक्न गा¥हो छ, तपाईँ भने बासै बस्नु भएको छ, यसको रहस्य के हो?
यो कुरा मलाई भन्दा पनि दर्शक श्रोतालाई सोध्नुपर्छ जस्तो लाग्छ । म किन यो स्थानमा छु भन्दा वहाँहरूले मेरो गीत मन पराइ रहनु भएको छ । जुन बेला सम्म मेरो गीत मन पराइन्छ, सुनिन्छ, नाचिन्छ, त्यस बेला सम्म म यो अवस्थामा रही रहने हो ।

 मेरो लागि त शब्द सबैभन्दा ठुलो हुन्छ । शब्दको गुणवत्ताबाटै सङ्गीत मुखरित हुन्छ । एउटा कुशल सङ्गीतकारले शब्द हेर्नसाथ त्यसमा कस्तो धुन ध्वनित हुन खोजेको छ, त्यो पत्ता लगाइहाल्छ र गुनगुनाउन थाल्छ । त्यो शब्दले कस्तो खाले मेलोडीको माग गर्छ, उसलाई तुरुन्त थाहा हुन्छ । लय कुनै कृत्रिम तरिकाले शब्दमा उनिने चिज होइन, यो त शब्दबाटै उम्रने हो जसरी बिउबाट बिरुवा उम्रन्छ ।

५ तपाईँलाई कसैले ट्रेन्ड ब्रेकर त कसैले ट्रेन्ड सेटर भन्छन्, खासमा तपाईँ के चाहिँ हो? हिन्दी मात्रै बज्ने जमानालाई ब्रेक गरेर हराउँदै गएको लोक धुनलाई पुनः रिसेट गर्नुभयो ।
यो प्रश्न पनि मलाई लाग्छ मेरा प्यारा दर्शक श्रोताहरूलाई नै जिम्मा दिनुपर्छ । तपाईँले भनेजस्तै दुवै काम भएको देखिन्छ । त्यस कारण मलाई दर्शक श्रोताले माया गरेर जे उपमा दिनुहुन्छ, त्यो मलाई स्वीकार्य छ ।

advertisement

६ परम्परागत मान्यता अनुसार गीत सङ्गीतमा गायकी सबैभन्दा ठुलो कुरा हो, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी ज्यूको अनुसार कम्पोज सबैभन्दा ठुलो हो, तपाईँको अनुसार यसमा कुन पक्षको अलि बढी महत्त्वपूर्ण भूमिका हुन्छ? कि सबैको उत्तिकै महत्त्व हुने हो?
मेरो लागि त शब्द सबैभन्दा ठुलो हुन्छ । शब्दको गुणवत्ताबाटै सङ्गीत मुखरित हुन्छ । एउटा कुशल सङ्गीतकारले शब्द हेर्नसाथ त्यसमा कस्तो धुन ध्वनित हुन खोजेको छ, त्यो पत्ता लगाइहाल्छ र गुनगुनाउन थाल्छ । त्यो शब्दले कस्तो खाले मेलोडीको माग गर्छ, उसलाई तुरुन्त थाहा हुन्छ । लय कुनै कृत्रिम तरिकाले शब्दमा उनिने चिज होइन, यो त शब्दबाटै उम्रने हो जसरी बिउबाट बिरुवा उम्रन्छ ।

७ कसैलाई हिट हुन वर्षौँ लाग्छ, तपाईँले चाहिँ गीत बनायो कि हिट हुन्छ, यसको राज के हो?
यसको राज हिट हुनको लागि काम नगर्नु हो । हिट हुन्छु भनेर काम ग¥यो भने त्यो हिट नै हुँदैन । मात्र तपाईँले गरेको काम मज्जा लिएर गर्नुहोस्, त्यसैमा डुबेर गर्नुहोस्, जे गर्नुहुन्छ, त्यसलाई न्याय हुने गरी गर्नुहोस्, तब गरेको काम राम्रो हुन्छ ।

८ हिट हुने दौडमा गीत सङ्गीत चिप हुँदै गइरहेको छ भन्ने पनि एकातिर लाञ्छना लगाउने गरिएको छ, यसमा तपाईँ कतिको सजग हुनुहुन्छ?
यो कुरामा म कतिको सजग छु भन्ने कुरा बजारमा यतिखेर चलिरहेका मेरा गीतहरूले बताउँछन् । मैले बताउने होइन ।

९ मानिसलाई एउटै विधामा पनि हिट हुन गा¥हो छ, तपाईँको शब्द रचना, कम्पोज, गायकी सबै सफल छन्, यो तपाईँको मेहनतको उपज हो कि प्रकृतिको वरदान?
यसको उत्तर सिम्पल छ, यो ईश्वरको वरदान हो, अरू केही होइन ।

१० गीत सङ्गीतको सन्दर्भमा सफल रचनाको पूर्वाधार के हो?
जसले आम लोकको भित्री कथा बोल्छ, आफ्नो पनको पाटो खोल्छ, आफ्नो मनको कुरा ओकल्छ, त्यो गीत सङ्गीत जसलाई आम दर्शक श्रोताले सहजै स्विकारेर आफ्नो बनाउँछन्, जहाँ वहाँहरूका अन्तर हृदयका कथा छचल्किन्छ, त्यही गीत सङ्गीत सफल हुन्छ । सफल गीत सङ्गीत सिर्जनाको पूर्वाधार यही नै हो ।

११ अहिले बजारमा तपाईँको एउटा हिट गीत चलिरहेको छ– ‘चरीले काफल टिप्यो’, यसको थोरै पृष्ठभूमिको बारेमा बताइदिनुस् न ।
म जुन गाउँ ठाउँमा जन्मे हुर्केँ, त्यो गाउँको, त्यो ठाउँको, त्यो बेलाको मेरो कल्पनामा, मेरो अनुभवमा गहिरो गरी प्रभाव जमाएर बसेको सुन्दर अनुभूतिको उपज हो यो गीत । यो गीत सुन्दा मेरो जन्मथलोको मौलिक चित्र सर्लक्कै आँखा अगाडी आउँछ । गीतमा अर्को कुरा के छ भने, त्यो जमानामा माया प्रेम भन्ने कुरा हुँदैनथ्यो । हाम्रो सामाजिक मूल्य मान्यता मागी विवाहमा आधारित थियो र यो गीतमा त्यो मूल्य मान्यता ह्¥ास हुँदै गएको प्रति बिलौनाको ध्वनि पनि मिसिएको छ ।

सात पुस्ता पुग्ने सम्पत्ति थुपारेपछि त राजनेताहरूले देश बनाए हुने नि, के गर्ने मैले भनेर मात्र नहुने!  मैले त ‘पूर्व पश्चिम रेल …’ गाउँदै आएकै हो नि खोइ त…!?  एउटा कलाकारले गर्ने त्यति त रहेछ! तर, सम्भावना भने अझै बाँकी नै छ । हाम्रो प्राकृतिक रिसोर्स भर्जिन छ, छोइएको छैन, कोही देश बनाउने असल मान्छे आयो भने त दश वर्षमा अर्कै भइहाल्छ ।

१२ तपाईँ एमबीए गरेको मान्छे गीत सङ्गीतमा लाग्नु भा छ, शिक्षाले विद्यार्थीको अन्तर्निहित क्षमता उजागर त नगर्ने रहेछ! सुरुदेखि नै कलासँग सम्बन्धित विषयमा लागेको भए अझ राम्रो हुन्थ्यो होला नि होइन र?
हो, तपाईँले भन्नु भएको कुरा सही छ । तर, यहाँ त्यो खालको वातावरण नै छैन । म सोच्थेँ, बरु सानैमा इन्डिया गएर कुनै साङ्गीतिक उस्तादको सहयोगी भएर रहन पाएको भए धेरै सिक्थेँ जस्तो लाग्थ्यो, त्यो भएन । हुन त भौतिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक, आर्थिक आदि सम्पूर्ण वातावरण मिलेर पनि फुटी सिर्जना हुन नसक्ने अवस्था पनि त हुन्छ नि होइन र?

१३ तपाईँलाई परिवारले त कुनै सम्मानित किसिमको स्थायी जागीरमा लाग्न कर गर्थे भनिन्छ नि?
हो, परिवारले यसो गर भन्छ, उसो गर भन्छ, हुन त आफूलाई नै राम्रो होस् भनेर जाने बुझे अनुसार भनेको हो । तर यता आफ्नो प्यासन दमित हँदा हुँदा एक दिन यसरी विस्फोट हुन्छ कि त्यसले एउटा सुन्दर काम हुन्छ । त्यो हुनु नै थियो र भएको होला । यसमा कसैलाई दोष दिनुभन्दा पनि राम्रोको लागि प्रकृतिले खेलेको सुन्दर खेल हो भन्छु म ।

१४ राजनीतिको अलिकति कुरा गरौँ, पहिला तपाईँमा राजनीतिक हुटहुटी थियो, पार्टी पनि दर्ता गर्नुभएको थियो, त्यस हिसाबले राजनीतिक दृष्टिकोणले पनि देशलाई हेरिरहनु भएको होला पक्कै । देश कता जानुपर्थ्यो कता गइरहेको छ? छोटकरीमा बताइदिनोस् न ।

सात पुस्ता पुग्ने सम्पत्ति थुपारेपछि त राजनेताहरूले देश बनाए हुने नि, के गर्ने मैले भनेर मात्र नहुने! मैले त ‘पूर्व पश्चिम रेल …’ गाउँदै आएकै हो नि खोइ त…!?  एउटा कलाकारले गर्ने त्यति त रहेछ! तर, सम्भावना भने अझै बाँकी नै छ । हाम्रो प्राकृतिक रिसोर्स भर्जिन छ, छोइएको छैन, कोही देश बनाउने असल मान्छे आयो भने त दश वर्षमा देश अर्कै भइहाल्छ ।

१५ गीत सङ्गीतमा रोयल्टीको कुरा छ नि, स्वयम् कलाकार ठगिने अनि अरू मालामाल हुने, यसको अन्त गर्न के गर्नुपर्ला?
केही गर्नुपर्दैन, अहिले कोरोना आएजस्तै यसलाई पनि समयले ठेगान लगाउँछ ।

१६ हाम्रा कर्णधार युवा पुस्तालाई के भन्नुहुन्छ ?
सबै सकारात्मक होऔँ, जे सकिन्छ, त्यो सही मनले गरौँ । असल मनले समर्पित भएर सत्कर्म गरौँ, हाम्रो भविष्यको घाम त्यहीँ बाट झुल्किन्छ ।

१७ प्रायः सेलिब्रेटीहरु सन्की, मुडी हुन्छन् भनिन्छ, तपाईँ चाहिँ कसरी सन्तुलित स्वभावको हुनुभयो ?
जुन दिन हामी सिर्फ सीमित भूमिका दिएर पठाइएको पात्र हौँ, हाम्रो हातमा केही पनि छैन भन्ने बुझ्छौँ नि, हो, त्यही दिनबाट हामी स्वतः सन्तुलित भइहाल्छौँ ।

१८ अन्त्यमा केही भन्नुहुन्छ?
सबैलाई थाहा छ कि कोरोनाबाट कसरी बच्ने । कोरोनाबाट बच्ने तरिकाहरूको पूर्ण पालना गरौँ र कोरोनाबाट हामी सबै बचौँ, सधैँ बचौँ । धन्यवाद ।

( अद्भूत  व्यक्तित्व गीतकार, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी सँग रसिक सम्यकले गर्नुभएको चोटिलो साङ्गीतिक संवादको सम्पादित अंश )

 

राजनराज शिवाकोटीका केही सुपरहिट गीतहरूः

राजनराजका केही कर्णप्रिय सिर्जनाहरू

    गीत                                    चलचित्र

कुटुमा कुटु                               दुई रुपैयाँ
गोजीमा दाम छैन                      चङ्गा चेट
पूर्व पश्चिम रेल                           छक्का पन्जा
सुर्के थैली खै                             वडा नम्बर ६
टाकान टुकुन                           कमलेको बिहे
सिओडब्ल्यू काउ                     कोहलपुर एक्सप्रेस
चरी चट्ट परी                            कान्छी
उम्लियो भने पोखिन्छ               जय भोले
चेप्टे चेप्टे पेरुङ्गो                        ह्याप्पी डेज
चिरबिर चिरबिर                      रुद्र प्रिया
ठेकीमा दही                            हुर्रे
कुकुकु लामकाने                     पिँजडा ब्याक अगेन
तिरिमिरी तिरिमिरी                  रणवीर
चिरिच्याट्टै                               दयारानी
एमजी रोडैमा                         हजार जुनी सम्म
चरीले काफल टिप्यो              साङ्लो
सिल्की सिल्की बाल               च च हुई

राजनराजद्वारा सङ्गीतबद्ध केही आधुनिक तथा पप गीतहरू

 गीत             गायक र गायिका  गीतकार

डाँफे झैँ नाच्ने              जुनु रिजाल                   वेदकुमारी न्यौपाने
कि फर्की आऊ          अनामिका मल्ल            राजनराज शिवाकोटी
जिन्दगी यो फूलै         अन्जु पन्त                      राजन राई
प्रिय तिम्रो सिउँदोमा   प्रकाश तिमिल्सिना         प्रकाश केसी
मायालु तिमी कता      स्मिता दाहाल र राजनराज दिनेश थपलिया
अलिकति पीडा          नवीन के भट्टराई            राजनराज शिवाकोटी
वार्ता गराइदेऊ          रामचन्द्र, सिन्धु, अञ्जना, राजनराज, शिव, माण्डवी राजनराज