अष्ट्रियाको राजधानी भियनामा नेपाली महिलाले आफ्नै तीन बच्चाको ज्यान लिइन्

  • Avatar
    admin

    October 19, 20 3:40 am

  • Comments

एजेन्सी, ३ कात्तिक । अष्ट्रियाको राजधानी भियनामा एक ३१ वर्षीया नेपाली महिलाले आफ्नै ३ बच्चाको ज्यान लिएकी छन् ।

Advertisement

तीन बच्चाहरुको ज्यान लिने महिला बागलुङ्ग घर भएकी भट्टराई थरकी रहेको जनाइएको छ। दुई बालिकाहरु नौ,तीन र ८ महिनाको बच्चाहरुको महिलाले ज्यान लिएको बताइएको छ।

महिलाले पुलिसलाई आफैँले खबर गरेकी र आफैँ पनि मर्न चाहेको बताएकी थिइन् । प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै रहेको र तत्कालै अस्पतालमा लगिए पनि उनको पछि मृत्यु भएको जनाइएको छ।

advertisement

१० वर्ष अगाडि विद्यार्थी भिसामा उनले अष्ट्रियामा एक युवकसंग सन् २०१० मा विहे गरेकी थिइन् । घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ।