अमेरिकी विदेशमन्त्रीद्वरा संबिधान दिवसको शुभकामना

`

सर्बोच्च संवाददाता

एजेन्सि, ३ असोज । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले नेपालीलाई संविधान दिवसको शुभकामना दिएको छ ।

Advertisement

उनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् । नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन् ।

साथै उनले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?