अमेरिकामा ४५ मिनेटमै कोरोना पुष्टि गर्ने नयाँ टेस्ट किट

  • Avatar
    admin

    March 22, 20 4:49 am

  • Comments

एजेन्सी, ९ चैत । अमेरिकामा करिब ४५ मिनेटमा कोरोनाभाइरस संक्रमणको पुष्टि गर्ने नयाँ र्यापिड डायग्नोष्टिक टेस्टले मान्यता पाएको छ ।

Advertisement

अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उक्त किटलाई शुक्रबार मान्यता दिएको हो ।

यो किटबाट अर्को हप्तादेखि परीक्षण सुरु गरिने क्यालिफोर्नियाको टेस्ट किट उत्पादक कम्पनी सेफिडले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

advertisement

यो नयाँ किटले कोरोनाभाइरस संक्रमितको छिटो पहिचान गरी यसलाई फैलिनबाट रोक्न सघाउने जनाइएको छ ।