अनलाइन मार्फत जुम कविता वाचन सम्पन्न

  • Avatar
    admin

    June 15, 20 1:28 pm

  • Comments

काठमाडौँ, १ असार । WVFP (Women’s Voice for Prosperity) संस्था द्वारा सञ्चालित , ‘कोरोनामा महिला पहिचान’ विषयमा अनलाइन मार्फत जुम कविता वाचन र छलफल कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कोभिड— १९ अगाडी, अहिले र यस पछिको महिला अवस्था र अस्तित्वको चित्रण गर्दै अनुसन्धाता विधान आचार्यले साहित्य जहिले पनि शोषकको प्रतिपक्ष भएर शोषित , पीडित र आवाज विहीनको वैचारिक आवाज हुने जिकिर गर्नु भयो ।

Advertisement

यस कविता वाचन कार्यक्रममा कविहरू क्रमशः विधान आचार्य , प्रा. विवश पोख्रेल , प्रा. लक्ष्मी उप्रेती, प्रा. उन्नति बोहरा , बसु श्री पाण्डे , रञ्जु श्री पराजुली , चेतनाथ धमला , ललिता देवी, छविरमण सिलवाल , धनकुटे कान्छा , गोपीकृष्ण प्रसाईँ, पुष्पा खनाल, नारायण नेपाल , वालिका गिरी , रसिक किरात , रश्मि रिमाल , अन्जना पौडेल , कल्पना अधिकारी , ममता मृदुल लगायत दर्जन भन्दा बढी कविहरूले कविता वाचन गर्नु भएको थियो ।

advertisement

वाचित कविताको समीक्षा गर्दै समालोचक रञ्जु श्री पराजुलीले कविहरूले कविता मार्फत समसामयिक विषयवस्तुमा अत्यन्तै गहन, मर्मस्पर्शी र रोचक काव्यिक अभिव्यक्ति शिखरिलो चेतनाबाट पस्केको बताउनु भयो ।

प्रा. लक्ष्मी श्री उप्रेती सल्लाहकार रहनु भएको यस कार्यक्रमको संयोजन र सञ्चालन आयोजक सुधा मैनालीले गर्नु भएको थियो भने प्रविधितर्फ वासुप्रसाद अधिकारीले सघाउनु भएको थियो ।