अदालतको पछि लागेर एमाले एकता हुँदैन : विष्णु रिजाल

  • Avatar
    admin

    June 11, 21 6:20 am

  • Comments

काठमाडौँ, २८ जेठ । नेकपा एमाले नेता विष्णु रिजालले कानुनी बाटोबाट एमालेको समस्या समाधान नहुने बताएका छन्। नेता रिजालले कानुनी हिसाबले यसको निकास खोज्न थालियो भने सही गन्तव्य नपुगिने बताएका छन्। एमाले विवाद राजनीतिक भएकाले यसको हल पनि राजनीतिक बाटोबाटै खोज्नुपर्ने उनको भनाई छ।

Advertisement

उनले पार्टीभित्रको विवाद चाँडो मिलाउन आफ्ना नेताहरूलाई आग्रह पनि गरे। साथै पार्टी विवाद समाधान गर्न जति ढिला गरियो उति बेइज्जती हुने भएकाले चाँडै यसको निकास खोज्नुपर्ने रिजालको भनाई छ। उनले एमालेको एकताका लागि २०७५ जेठ २ नै प्रस्थान र मिलनबिन्दु भएका उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेभित्रको राजनीतिक समस्याको निकास राजनीतिक रूपमा खोज्नुपर्छ। निकास खोज्न जति ढिलो हुन्छ,थप पराजय, बेइज्जत भोग्नुबाहेक अरू विकल्प के छ ररु अदालतले कानुन पढ्छ, हाम्रो जनमत पढ्दैन, वकिलको तर्क हेर्छ, हाम्रो भविष्य हेर्दैन ।’