अटो रिक्सा दुर्घटनामा परी एकको मृत्यु, चार गम्भीर घाइते

  • Avatar
    admin

    January 13, 21 8:03 am

  • Comments

डोटी, २९ पुस। शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटनामा परी बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मुत्यु हुनेमा शिखर–३ का ५३ वर्षीय पदम जोरा रहेको छ ।

Advertisement

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिनु भयो।

घाइते हुने मध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिस गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिए । अटोमा सातजना सवार रहेको र अन्य दुईजना भने सकुशल रहेको प्रहरीले बताएको छ ।